मट्का अर्थात् चिया, साथी र गफ!

काठमाडौंप्रेस

काठमाडाै‌ं


सोनी शाही

चिया, साथी र गफ ! काठमाडौं भीमसेनगोलास्थित ‘चिया घर’को भित्तामा टाँसिएको नारा हो यो। सोमबार दिउँसो यहाँ पुग्दा विशेषतः युवाहरू चियाको चुस्की लगाउँदै साथीसँग गफमा व्यस्त थिए।

‘यहाँको स्लोगन नै चिया, साथी र गफ भन्ने छ। चिया खान आएपछि साथीसँग भेट हुन्छ, अनि गफ हुन्छ,’ नक्सालबाट यहाँ चिया पिउन आएकी सविता निरौला भन्छिन्, ‘अरु ठाउँमा चियापत्ती, चिनी र पानी मात्र मिसाएर चिया बन्छ भने यहाँ विशेष खालको मसला राखेर बनाएको चिया माटोको कपमा दिइन्छ, जसले चियाको स्वादमै फरक पार्छ।’

आफू रिफ्रेसमेन्टका लागि यहाँ चिया पिउन आइरहने सविता बताउँछिन्। ‘मैले यहाँ चिया पिउन थालेको दुई वर्ष भइसक्यो,’ उनी भन्छिन्, ‘यहाँ चियाको भेराइटी पाइन्छ। त्यसैले यहाँ आउन मन लाग्छ।’

सविताजस्तै सञ्जय कार्की पनि यहाँ चिया पिउन आइरहन्छन्। यहाँको चियाको स्वाद र वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘यहाँको पिसफुल र फ्रेन्ड्ली इन्भाइरोन्मेन्ट भएकाले प्रायः चिया खान यहीँ आउने गरेको छु।’

प्रकाशित मिति: : 2021-01-22 15:30:00

प्रतिकृया दिनुहोस्