ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा कम्बल वितरण

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै ३० थान कम्बल वितरण गरेको छ। 

रुंगटा वैलफेयर सोसाइटीको आर्थिक सहयोगमा गरिब, विपन्न, तथा दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका ठेला चालकहरुलाई न्यानो कम्बल वितरण गरेको हो।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कम्बल वितरण गरिएको हो।

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै बढिरहेको चिसोबाट सर्वसाधारण तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नु सह्रानिय कार्य भएको बताए। 

सामुदायिक सेवा केन्द्रले नाम अनुसारको काम गरेको बताउँदै आगामी दिनमा पनि प्रहरीसँगको हातेमालोमा अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सोही अवसरमा एकजना समाजसेवीले आफ्नो नाम नबताउने शर्तमा आमाको माया छात्राबासका लागि उपलब्ध गराएको २ लाख ५१ हजार नगद रुपैयाँ हस्तान्तरण गरेका छन्।

प्रकाशित मिति: : 2021-01-21 16:53:00

प्रतिकृया दिनुहोस्