भित्तेघरका रामराजा : महल छाडेर 'बाँदर लड्ने भीर' मा घर, बस्नै नपाई बेपत्ता

देखापढी

काठमाडाै‌ं

 कृष्णसिंह धामी

नागढुङ्गास्थित पिपला मोडमा एउटा अनौठो घर छ । काठमाडौंबाट बाहिर जाँदा होस वा काठमाडौं प्रवेश गर्दा यो घरमा सबैको नजर पर्छ । भिरालो जमिनमा बनेको त्यो घरमा नजर पर्ने बित्तिकै सबैको मनमा कौतुहलता जाग्छ- त्यो घर कस्को होला ! 

धेरैलाई चासो भएको त्यो घरलाई विभिन्‍न नामले चिनिन्छ । कसैले त्यो घरलाई ‘भूत घर’, कसैले ‘भित्तेघर’ त कसैले ‘बाँदर लड्ने भीरको घर’ पनि भन्छन् । मान्छेलाई कौतुहलता जगाउने सो घरका मालिक हुन्, ५९ वर्षीय रामराजा प्रसाद प्रधान । तर, बन्दै गरेको घरको संरचना छोडेर उनी एक वर्षदेखि सम्पर्कबिहीन छन्। 

उनको खोजी गर्न परिवारले सार्वजनिक सूचना निकाल्यो । प्रहरीमा उजुरी दियो । तर, अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन । झण्डै १२ वर्ष अगाडि उनले दुई करोडभन्दा बढीमा भीरमा घर बनाउन थालेका उनी निर्माण सम्पन्‍न गरेको केही समयमै सम्पर्कबिहीन भए । बुवाको पर्खाइमा एक वर्षदेखि बसिरहेको उनका छोरा अर्जुनप्रसाद प्रधान बताउँछन्। 

काठमाडौंको मख्खन टोलका स्थायी बासिन्दा रामराजाले त्यहाँ अनौठो घर निर्माण गरेका थिए। घर बनाएपनि उनले त्यसको उपयोग गर्न भने पाएनन् । 

प्रकाशित मिति: : 2021-01-21 11:24:00

प्रतिकृया दिनुहोस्