नाकामा गाडी धुने कि पहिले सडकबाट माटोका थुप्रा हटाउने ?

अनलाइनखबर

काठमाडाै‌ं

 रवीन्द्र घिमिरे

गत आर्थिक वर्ष २०७६/०७७ को बजेटबाटै उपत्यका भित्रिने नाकाहरुमा सवारी धुलाइ (भेहिकल वास सेन्टर) केन्द्र स्थापना गर्ने घोषणा भएको थियो । तर, डेढ वर्षसम्म सरकारले यसको लागि प्रारम्भिक तयारी समेत पुरा गरेको छैन ।

काठमाडौं भित्रिने सवारीका चक्कासहित विभिन्न भागमा धुलो, माटो लिएर आउने भएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै यस्तो केन्द्र खोल्ने योजना ल्याइएको हो । काठमाडौं प्रवेश गर्नुअघि कम्तिमा सवारीको च्यासिसमुनिको भाग, टायर, हिलो छेक्ने पल्ला र सवारीको तल्लो बाहिरी भाग धुने सरकारी योजना थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबाहदुर हमाल धुलाइ केन्द्र खोल्न भौतिक पूर्वाधार तथा यायातयात मन्त्रालयले अध्ययन गरिरहेको बताउँछन् । मन्त्रालय भने यस्तो केन्द्र सञ्चालनमा ल्याउने विषय जटिल भएकाले पूर्वतयारीमा समय लिनुपर्ने बताउँछ ।

मन्त्रालयका प्रवक्ता रहेका सहसचिव सरोजकुमार प्रधान यस्तो धुलाइ केन्द्रहरुका लागि विभिन्न प्राविधिक विषय टुंगिनुपर्ने बताउँछन् । ‘पहिलो त त्यस्तो वास सेन्टर चलाउन चाहिने फराकिलो खाली जग्गा उपत्यकाको नाका आसपास पाउन गाह्रो छ,’ उनी भन्छन्, ‘यस्ता सेन्टरलाई दैनिक चाहिने ठूलो परिमाणको पानीको प्रवन्ध गर्न पनि सजिलो छैन ।’

प्रकाशित मिति: : 2021-01-20 14:54:00

प्रतिकृया दिनुहोस्