डाेरबहादुर विष्ट
गुरूङ, मगर, लिम्बु, जिरेल वा थारु वास्तवमा कति छन् भन्ने पनि हामीलाई थाहा छैन । यस अज्ञानतालाई नेपाली जनताको चारित्रिक विशेषतालाई बङ्ग्याएर प्रस्तुत गर्ने काममा उपयोग गरिएको छ ।
वास्तविकता के हो त्यसको जानकारी नै नराखी नेपाललाई एकै खालको धार्मिक र सांस्कृतिक चरित्र भएको देशका रुपमा हेर्ने प्रशासनिक प्रवृत्ति रहेको छ । यस्तो चित्रण गलत हो ।
उच्च जातका हिन्दूलाई बहुसङ्ख्यक र मतुवालीहरुलाई अल्पसङ्ख्यकका रुपमा प्रस्तुत गर्ने गरिन्छ । त्यसैले बहुसङ्ख्यक मानिएको समूहको संस्कृतिलाई नै वैधानिक तवरमा राष्ट्रिय संस्कृति ठानिनु स्वाभाविक मानिन्छ र त्यसरी एउटै सिङ्गो राष्ट्रिय पहिचानलाई बलियो बनाउने क्रममा जनजाति समूहलाई जातको श्रेणीगत विभाजनभित्र पार्नुलाई पनि उत्तिकै स्वाभाविक मानिन्छ।
यस गलत दृष्टिकोणको एउटा कारण त जात व्यवस्थालाई वैधानिक हिन्दू अधिराज्यको अपरिहार्य शर्त मान्ने प्रवृति हो र अर्को चाहिँ पहिलो भाषाका रुपमा नेपाली भाषाको विस्तार हो । नेपाली सुरूमा पश्चिम नेपालका खसहरुले बोल्ने भाषा थियो । पछि खस साम्राज्य अन्तर्गतका भोटबर्मेली भाषाभाषीहरुले पनि यसलाई अँगाले र एकीकरण अगाडि काठमाडौँ उपत्यकामा पनि यसको महङ्खव बढ्दै गयो ।१