बहुउपयोगी 'नागरिक एप' बनाउन किन लाग्यो तीन वर्ष ?

देखापढी

काठमाडाै‌ं

निकेश खत्री

 सरकारले यही माघ २ गते परीक्षणका लागि 'बेटा भर्सन'मा 'नागरिक एप' सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यसको सार्वजनिक गरेका थिए ।

परीक्षणकालमा जम्मा ३० हजारले यसलाई डाउनलोड गरेर यसमा आफूलाई लगइन गर्ने अनुमानसहित सार्वजनिक गरिए पनि चार दिनमै २ लाख ५० हजारभन्दा बढीले यो एप डाउनलोड गरिसकेका छन् ।

यस्तै, ७० हजारले यसमा लगइन गरेर आफूलाई प्रमाणिकरण गरिसकेका छन् भने डेढ लाख जना प्रमाणिकरणको लाइनमा (पेन्डिङ) मा छन् ।

सरकारले दिने सबै प्रकारका सेवा/सुविधा एउटै एपमार्फत दिनेगरी ल्याइएको यो सेवा सार्वजनिक गर्न भने तीन वर्षको समय लागेको छ ।

अहिले नागरिकता, मतदाता परिचयपत्र, पासपोर्ट र प्यान नम्बर तथा शैक्षिक प्रमाणपत्रको सुविधा मात्र राखिएको यो एपमा भविष्यमा लाइसेन्स सम्बन्धी सबै काम र स्थानीय सरकारले दिने अधिकांश सेवालाई समेत आबद्ध गर्ने सरकारको योजना छ।

बहुउपयोगी नागरिक एपको योजना बनेपछि कामको थालनी गरेर काम सम्पन्न गर्दासम्म धेरै प्रकारका समस्या आएका कारणले एप बनाउन तीन वर्ष लागेको सरकारले बताएको छ।

 

प्रकाशित मिति: : 2021-01-20 11:45:00

प्रतिकृया दिनुहोस्