कोरोनाविरुद्धका खोपहरु : एक डोज कि दुई डोज ?

रातोपाटी

काठमाडाैं

जब ८५ वर्षीय कोलिन हर्सम्यानलाई डिसेम्बरको अन्त्यतिर डोनकास्टर रोयल इन्फिरमारीमा भर्ना गरिएको थियो, उनमा मृगौलामा संक्रमणको आशंका गरिएको थियो । तर छोटो समयमै उनलाई कोभिड–१९  लाग्यो, त्यसबेला अस्पतालमा भएका चारमध्ये एक जना अस्पतालबाटै संक्रमित भइरहेका थिए । जटीलताहरु विकसित हुँदै गएपछि अन्ततः उनलाई भेन्टिलेटरमा राखियो । केही दिनपश्चात उनको निधन भयो ।

झट्ट हेर्दा हर्सम्यानको अवस्था स्पष्ट रुपमा विशिष्ट लाग्न सक्छ, तथापि यो कम त्रासद छैन । हुन पनि, यो लेखिरहँदासम्म बेलायतमा मात्रै ८४,७६७ जना मानिसहरु यो रोगबाट बच्न सकेका छैनन् । हर्सम्यानका छोराले स्थानीय एक अखबारलाई बताएरअनुसार, उनी तीन हप्ताअघि मात्रै फाइजर–बायोएनटेकका खोपको प्रारम्भिक डोज पाउने पहिलो मानिसहरुमध्येका एक थिए । खोपको दोस्रो डोज पाउन दुई दिन मात्रै बाँकी छँदा उनको निधन भएको थियो ।

वास्तवमै, धेरै भ्याक्सिनहरुले काम गर्नका लागि अतिरिक्त डोज (बुस्टरको मात्रा) लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति: : 2021-01-19 10:37:00

प्रतिकृया दिनुहोस्