नाटकले रंगकर्मीमा रहेको इगो र कुण्ठा चिर्न गाह्रो छ

बाह्रखरी

काठमाडाैं

काठमाडौं । अहिलेको समयमा नाटकमा मिहिनेत गर्न सके दर्शक आकर्षित हुने रंगकर्मीहरू बताउँछन् । सिनेमा हलमा अपेक्षित नयाँ चलचित्र रिलिज हुन नसकेको समयमा राम्रा नाटक मञ्चन गर्न सके त्यसले दर्शकको ध्यान आफूतिर खिच्न सक्ने रंगकर्मीहरूको धारणा छ । 

रंगकर्मी सुनील पोखरेल अफ्ठ्यारो समयमै नाटक मौलाउने बताउँछन् । अफ्ठ्यारो समयमै नेपाली नाटक अरु समयमा भन्दा सहज ढंगले अगाडि बढेको उनको भनाइ छ । “कम्तीमा नेपाली नाटकको इतिहासले हरेक अफ्ठ्यारो समयमा नेपाली नाटक मौलाएको मैले पढेको देखेको छु,” सुनील भन्छन्, “तर, यो सहज भने छैन । हरेक व्यक्तिले पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्छ । तर, राम्रो गर्न सक्यो भने यही गाह्रो समयमा नाटक फस्टाउँछ ।” नाटकघरहरू आधुनिक सिनेमा घरजस्ता सुविधासम्पन्न नभएकाले दर्शक नाटक हेर्न कत्तिको आउँछन् वा आउँदैनन् त्यो अहिले नै भन्न नसकिने र यही नै मुख्य चुनौती रहेको उनको बुझाइ छ । 
दर्शकले खोजेजस्तो नाटक बनेको अवस्थामा यसतर्फ धेरैको ध्यान खिचिने रंगकर्मी दयाहाङ राई बताउँछन् । यसमा कलाकारको पफर्मेन्सले निर्भर गर्ने उनको धारणा छ । 

प्रकाशित मिति: : 2021-01-16 18:05:00

प्रतिकृया दिनुहोस्