निद्रा

बसन्त लाेहनी

काठमाडाैं

एक पटक निन्द्रा देवीको
स्पर्श पाउन परिश्रम गरिरहेका
ती व्यक्तिहरूलाई सोध
निन्द्रा कसरी लाग्छ भनेर
निन्द्राको लागि डन्लोपमा
छटपटाएका कति मानिसहरूका लागि
सिमलको भुवाको तकियाले बिझाउँदा
सुत्नै सक्तैनन्
कतिले त श्राप काटिरहेका हुन्छन्
कहिले निन्द्राको आनन्द नपाऊन् भनेर
 
तर सुकुलमा
यसै लडेको
एउटा मान्छेलाई
निन्द्राले यसरी माया गरेकी हुन्छिन् कि
धर्तीमा शिर पर्नेबित्तिकै
उ स्वप्न संसारभरको
वादशाह भइसकेको हुन्छ
त्यो आनन्द
सिमलको भुवाले बिझाएर
सुत्न नसकेकाहरूले
कसरी पाउन सक्छन् र ?

प्रकाशित मिति: : 2021-01-16 08:05:00

प्रतिकृया दिनुहोस्