लक्ष्मीकन्या बुढाको ‘मुक्ति अभियान’, महिला मानसिक श्रम गर्न सक्दैनन् भन्नेलाई दरिलो जवाफ

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

जुम्ला गोठीचौर गाउँपालिका गज्र्याङकोटकी लक्ष्मीकन्या बुढा २०५७ सालमा १३ वर्षकी थिइन्। देशमा सशस्त्र द्वन्द्व चरमउत्कर्षमा पुगेको थियो। जुम्लामा पनि त्यसको प्रभाव निकै बढी थियो। तत्कालीन विद्रोही समूह नेकपा माओवादीले गाउँघरमा अड्डा नै जमाएर बसेको थियो।

स्कूल पढ्दै गर्दा उनले द्वन्द्व र तिनीहरूका गतिविधि नियालिरहेकी थिइन्। हुनत सानै उमेर भए पनि माओवादी गतिविधिप्रति बढी चासो हुन्थ्यो। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, जनसभा, जुलुस आदिबाट उनी निकै प्रभावित थिइन्। त्यसरी प्रभावित हुनुको कारण उनीहरूले गर्ने भाषण तथा आश्वासन थियो।

“स्कूल पढ्दा माओवादीहरू गाउँघरमा सांस्कृतिक कार्यक्रम लिएर आउनुहुन्थ्यो। छलफलको क्रममा धेरैजसो गरिब, उत्पीडनमा परेकाहरूको मुक्तिको कुरा हुन्थ्यो। त्यहीँबाट म निकै बढी प्रभावित भएँ,” उनी भन्छिन्।

हुन पनि उनले आफ्नो घरपरिवार, गाउँघर समाज, टोल, विद्यालय सबैतिर विभेद देखेकी थिइन्, भोगेकी थिइन्। विशेषगरी महिलाहरू आफ्नै परिवारभित्र पनि दबिएर बस्नुपर्ने पुरातन सोचका कारण समस्या थियो।

तर, माओवादीले महिला मुक्ति र स्वतन्त्रताका कुरा गर्थे। “घरमै पनि आमा र बुबाबीच, दाजुभाइ र दिदीबहिनीबीच विभेद थियो। माओवादीहरू यस्तो विभेद पनि अन्त्य हुन्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो। जुन कुराले मलाई प्रभावित पारेको थियो। त्यसो हो भने स्वतन्त्र भइन्छ भन्ने लागेको थियो,” उनले भनिन्।

प्रकाशित मिति: : 2021-01-14 12:25:00

प्रतिकृया दिनुहोस्