सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान
भारतीय न्युज च्यानल जी न्युजले सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भोलिपल्टै जी न्यूजले विश्वको सगरमाथामाथि आफ्नो दाबी प्रस्तुत गरेको हो।
सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले भारतीय नाम माउन्ट सिकदर दिने अभियान थाल्न आग्रह गरेका छन्।
आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ? ‘म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ।
वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए। सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो। उनलाई आदेश थियो– तपाईं जानुहोस् र सगरमाथालाई ‘पिक १५’ को उचाइ नापेर आउनुहोस्।
राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए। उनले माउन्ट एभरेस्टको उचाइ नापे। माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए। भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए। एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए। उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए।
जसले न कहिले माउन्ट एभरेस्ट देखेका थिए न त कहिल्यै आएका थिए।
हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राख्नुपथ्र्यो। आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ। भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ। हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने।
देखिए #DNA LIVE @sudhirchaudhary के साथ
— Zee News (@ZeeNews) January 12, 2021
+ माउंट एवरेस्ट का असली नाम 'माउंट सिकदर' होना चाहिए, क्यों?
+ किसान आंदोलन की सुप्रीम अवमानना का DNA टेस्ट https://t.co/ejRWLMG3At
तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस्। यो अभियान आजबाट हामी सुरु गर्दै छौँ। हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ। अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ।’
उनले सरगमाथाले भारतीयलाई राष्ट्रवादको नयाँ उचाइमा लैजाने दाबी गरेका छन्। भारतीयले सगरमाथाको अवलोकन गर्नु पर्ने र त्यसले राष्ट्रवादको अलग भाव आउने उनले उल्लेख गरेका छन्।
‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो। म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ। हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ। म त यही भन्छु तपाई एक भारतीय हुनुहुन्छ भने एक पटक जानै पर्छ। यहाँ पुगेपछि राष्ट्रभाव जागृत हुन्छ,’ उनले भनेका छन्।
सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो।
विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन्।
चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थिए।
उनीहरुले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो।
तर, उक्त नाप नेपालले मानेको थिएन। नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन गरेको थियो।
जसका कारण नेपाल र चीनको सीमाना छुट्याउने सगरमाथाको वास्तविक उचाइलाई लिएर दुई देशबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो।
तर, गएको वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाडौं नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए।
उक्त सहमति पछि कोरोना भाइरस महामारीका कारण सगरमाथाको आरोहण नेपालतर्फबाट बन्द रहँदा चीनले उत्तरी मोहडाबाट उचाइ मापनमा संलग्न प्राविधिक सहितको टोली चीन गएको थियो।
नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो। सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए।
भूउपग्रहण प्रणाली र रेडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरिएको थियो। गत मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले झन्डै दुई साताअघि सगरमाथाको उचाइ गर्ने भन्दै निर्णय अनुमोदन गरेको थियो।
मन्त्रिपरिषद्ले उचाइलाई अनुमोदन गरेपछि तचीन र नेपालले संयुक्त रूपमा उचाइ सार्वजनिक गरेकाे थियाे।
विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ मा गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाउँदै नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका थिए।
केही विज्ञहरूले भूकम्पका कारण सगरमाथा भास्सिएको हुनसक्ने अनुमान समेत लगाएका थिए।