मोरङको उर्लाबारी–३ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पाेखरेललाई आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ ।
पौष २७ गते सोमबार बिहान विद्यार्थीलाई चुरोट नखानू भनेर सामान्य झापड हान्दाको विषय लिएर विद्यालयमा कक्षा १२ अध्ययनरत निश्चल गुरुङलगायतको समूहले आक्रमण गरेका थिए ।
कोकको बोतल, ढुंगा तथा रडले प्रधानाध्यापक पाेखरेललाई आक्रमण गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
आक्रमणका मुख्य योजनाकार गुरुङसहितलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । विद्यालयमा कक्षा १२ अध्ययनरत गुरुङले गेट अगाडी चुरोट खाइरहेका थिए ।
त्यही बेला प्रधानाध्यापक पाेखरेलले गुरुङलाई चुरोट नखा भनेर सम्झाएका थिए ।
सोही विषयमा लिएर नियोजित रुपमा प्रधानाध्यापक पाेखरेलमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न अन्य २ जना फरार रहेको जनाइएको छ । गुरुङ कक्षा राधिका माविमा कमर्स अध्ययनरत छात्र हुन् ।
घाइते प्रधानाध्यापक पाेखरेलको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचार भइरहेको छ ।