नेपाली कभर सङ्ग गाउने तीन बर्मेली, जसले ब्युँताउँदै छन् पुराना गीत

नेपालीभाषी बर्मेलीहरू नेपाली गीत गाउन निकै रुचि राख्छन् । बर्मामा बस्ने नेपालीभाषीको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष सागर घिमिरेका अनुसार सन् २०१२ पहिले बर्मामा नेपाली गीत सजिलो गरी पाइन्थेन । कोहीकोही नेपाल पुगेर आएकाले ल्याउने क्यासेट र सीडीमा नेपाली गीत आउँथ्यो । नेपालीभाषीले त्यही गीत सुन्थे ।

केही गोर्खालीले भने यहाँ नै पनि नेपाली गीत तयार पार्थे । त्यसलाई गाउँदै गोर्खाली बस्तीहरू डुल्थे । त्यसरी गीत गाउँदै नेपालीभाषीको बस्तीबस्ती पुग्नेमा रकी थापा र पदम थापा यहाँ चर्चित छन् । नेपालीभाषीको जमघट तथा दसैँ, तिहार, तीजजस्ता पर्वमा नेपाली गीतका सीडी र क्यासेट निकालेर बेच्दै हिँड्नेहरू पनि बर्मामा भेटिन्छन् ।

प्रकाशित मिति: : 2021-01-12 17:39:00

प्रतिकृया दिनुहोस्