सिकाइ निरन्तरता अभियान शुरु

सांकेतिक तस्बिर

नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा आज सो अभियान शुभारम्भ गरे । 

सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएका सन्दर्भमा सो अभियानले विद्यार्थीको अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे । 

शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ, बिहान वा बिदाका समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको पाठ्यक्रम पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए ।

विद्यालय व्यवस्थापन महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहने दृढता व्यक्त गरे । रासस 

प्रकाशित मिति: : 2021-01-12 12:36:00

प्रतिकृया दिनुहोस्