एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, यी हुन् सम्भावित विजेता

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ आज (मगंलबार) आयोजना हुँदै छ।

हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै थलोमा सम्मान गर्ने गरिन्छ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा अपराह्न साढे ४ बजे आयोजना गरिने आयोजकले जनाएको छ।

पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफ दि इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मान घोषणा गरिनेछ।

प्रकाशित मिति: : 2021-01-12 08:50:00

प्रतिकृया दिनुहोस्