काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, वाग्मती प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ । 

“वागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंका केही स्थानमा छिटपुट वर्षा हुनसक्छ । तर, ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् मानन्धर भन्छिन्, “वर्षा भएका खण्डमा चिसो बढ्छ । मौसममा बदली रहेकाले पनि सोमबारको जस्तो घाम लागेर न्यानो अनुभव हुने छैन ।”

प्रकाशित मिति: : 2021-01-12 08:47:00

प्रतिकृया दिनुहोस्