भुँइचालोपछि ठमेल बाहिर, कोरोनापछि विदेशमा फैलिँदै 'सोनम'

सेतोपाटी

काठमाडौँ

रवीन्द्र शाही

आजभन्दा १६ वर्षअघि हाम्रो पर्यटन बजार लगभग स्थिर थियो। वर्षमा दुई-चार लाख विदेशी पर्यटक आउँथे। धेरैजसो पर्यटकको घुमफिरको गन्तव्य हुन्थ्यो पर्वतीय क्षेत्र।

त्यतिबेला पर्यटक केन्द्रित होटल तथा रेस्टुरेन्ट 'ग्ल्यामर' व्यवसाय मानिन्थे। तर ट्रेकिङ तथा पर्वतारोहणमा जानेका लागि आवश्यक कपडा तथा अन्य सामग्रीको मुख्य गन्तव्य ठेमलमा व्यवसाय फस्टाएको थिएन। 

त्यहाँ विदेशी तथा नेपाली सबैका लागि विदेशी ठूला ब्रान्डेड कपडाकै रजगज थियो। समयले कोल्टे फेर्न कति बेर लाग्छ र!

विस्तारै पर्यटकीय नगरी ठमेलमा विदेशबाट कपडा ल्याउने र यहीँ सिलाएर बिक्री गर्ने व्यवसाय फस्टाउन थाल्यो।

त्यही मेसोमा मिसिए टासी चोम्बे नेपाली।  

पहिले गार्मेन्ट उद्योगमा मजदुरी गरेका टासीलाई धेरथोर कपडा व्यापारको अनुभव थियो। शेर्पाहरूसँगको चिनजान तथा पहिचानका कारण ठमेलको बजार पनि केही बुझेका थिए। 

प्रकाशित मिति: : 2021-01-10 13:53:00

प्रतिकृया दिनुहोस्