रेडियो क्यानाडाले एकता दिवसमा भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्दै

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रेडियो क्यानाडाले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

आगामी पुस २६ अर्थात् जनवरी १० तारिखका दिन नेपाली समय अनुसार साँझ ८ बजेर ४५ देखि १० बजेर ४५ मिनेटसम्म भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्न लागेकाे हाे।

यो कार्यक्रम अमेरिकी पूर्वीय समयअनुसार विहानको १० देखि १२ बजेसम्म आयोजना हुने आयाेजक  रेडियो क्यानाडाले जनाएकाे छ। 

उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले राष्ट्र निर्माता  पृथ्वीनारायण साहको योगदानको बारेमा चर्चा गर्ने आयोजक पक्षले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-10 09:16:00

प्रतिकृया दिनुहोस्