नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन जिल्ला कार्य समिति बाराको निर्वाचन हुँदैछ।
आज भइरहेको चुनावमा अध्यक्ष पदको लागि ३ जनाले नाम दर्ता गराएका छन भने उपाध्यक्ष पदका लागि दुई जना, सचिवका लागि २ जना , सहसचिवमा दुई जना, कोषाध्यक्षमा दुई जना, सहकोषाध्यक्षमा दुई जना र सदस्य पदका लागि २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यलय बाराका निर्वाचन अधिकृत बिनोद साहले जानकारी दिए ।
अध्यक्ष पदका लागि ५ जनाले नाम दर्ता गराएको भए पनि पछि दुई जना फिर्ता लिएको साहले बताए।
मालपोत कार्यालय बारामाको प्राङ्गणमा शनिबार बिहान ९ बजेबाट सुरु भएको निर्वाचन राति ८स्०० बजे सकिने अधिकृत साहले बताए।
उक्त निर्वाचनमा ६४८ जनाले मतदान गर्न पाउने छन्। मतदान सम्पन्न भइसकेपछि आज नै मतपेटिका नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन बाराको कार्यालयमा लग्ने र मट गणना बेलुकासम्म सकाउने र परिणाम रात्री ८स्०० बजे सम्म आउने अधिकृत साहले बताए।