ठूलो फेस भ्यालुले मात्रै भिडियो चल्दैन

बाह्रखरी

काठमाडाैं

काठमाडौं । कोरोनाले चलचित्र उद्योग ठप्प भएका बेला यो समय म्युजिक भिडियोले केही कलाकार तथा प्राविधिकलाई राहत मिल्यो । भलै त्यो सानै समूहमै सीमित किन नहोस् । चलचित्रका नायक–नायिका म्युजिक भिडियोमा अभिनय गर्न पुगे । राजेश हमालदेखि विपिन कार्कीसम्मले यो समय अभिनय गर्न भ्याए । म्युजिक भिडियो हुँदै सेतो पर्दामा पुग्नेहरू त यो समय पुरानै क्षेत्रमा व्यस्त भए । पल शाह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ यो समय म्युजिक भिडियोमा व्यस्त रहे ।

उनीहरूसँगै यो समय अभिनेता दयाहाङ राईले पनि अरूको बाटो पच्छ्याए । एकातिर चलचित्रको काम नभएको फुर्सदको समय अर्कोतर्फ निरन्तर आइरहने प्रस्ताव र आकर्षक पारिश्रमिक, उनीहरूले अस्वीकार गर्न सकेनन् । फुर्सदको समयमा काम गर्नु स्वाभाविक पनि हो । सामान्यतः म्युजिक भिडियोको छायांकन एकदिनमै सकिन्छ । वर्कसपमा पनि बस्नु परेन ।

भिडियोको प्रचारमा हिँड्नु पनि परेन र पारिश्रमिक पनि हाताहाती पाएपछि चलचित्रका नायक–नायिका पनि म्युजिक भिडियोतर्फ आकर्षित भएका हुन् । सामान्यतः फिल्मका कलाकारले एउटा म्युजिक भिडियोमा एक लाखभन्दा माथि पारिश्रमिक लिँदै आएका छन् । स्रोतका अनुसार पल साहले बढाएर डेढ लाख पुर्याएका छन् । 

खडेरीमा आउने दिनकै एक लाख पारिश्रमिक, त्यसपछि पनि दर्शकमाझ जाने मौका त्यसैले चलचित्रका कलाकारले यो अवसर गुमाउन चाहेनन् ।

प्रकाशित मिति: : 2021-01-09 11:51:00

प्रतिकृया दिनुहोस्