‘सिनेमा घर गोल्ड’ संसारकै सस्तो डिजिटल प्लेटफर्म हो

बाह्रखरी

काठमाडौँ
Breaknlinks
Breaknlinks

कोरोनाका कारण सिनेमा उद्योग ठप्प हुँदा विश्वका धेरै देशमा धेरै सिनेमा उपलब्ध डिजिटल प्लेटफर्ममा रिलिज भए । तर, नेपालमा भरपर्दो डिजिटल प्लेटफर्म र कन्टेन्टमाथि लगानी गर्ने डिजिटल एप नहुँदा त्यो सम्भव भएन । हल रिलिज नभएका चलचित्र खरिद गर्नसक्ने र आफैं कन्टेन्ट उत्पादन गर्न सक्ने डिजिटल प्लेटफर्म अभाव हुँदा नेपाली निर्माताका चलचित्र नौ महिनादेखि अलपत्र छन् । यो अवधिमा दर्शकले चलचित्र हेर्न पाएनन् । यसैलाई लक्षित गर्दै अभिनेता खगेन्द्र लामिछानेले लामो तयारीपछि केहीदिन अगाडि डिजिटल प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेका छन् । गत शुक्रबार सार्वजनिक एपमा ६ नेपाली चलचित्र (डमरुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र) उपलब्ध छन् । साथमा स्ट्यान्ड अप कमेडी र सर्ट मुभी पनि राखिएको छ । वेब सिरिज र अन्य सामग्री तथा हरेक महिना एउटा चलचित्र रिलिज गर्दै जाने खगेन्द्रले बताएका छन् । उनै खगेन्द्रसँग नेपालमा डिजिटल प्लेटफर्मको बजार, फिल्म कल्चर, कन्टेन्टमा लगानी, सब्सक्रिप्सन, पेमेन्ट गेटवे, पाइरेसीलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

लामो समयको आन्तरिक तयारीपछि डिजिटल एप ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गर्नुभयो, कस्तो छ प्रतिक्रिया ?
राम्रो प्रतिक्रिया आइरहेको छ । पहिलो चरणमा रहेकाले केही सानातिनो समस्या आएका थिए । तर, त्यसको समाधान तत्काल भइसकेकाे छ । दर्शकसँग प्रत्यक्ष कुरा गरेर तपाईंलाई के समस्या आइरहेको छ भनेर सोधेर समाधान गरिसकेका छौं । 

नयाँ एप भएकाले केही समस्या भएको अवस्थामा फोन गरेर के गर्ने भनेर सोध्नु भएकाे थियाे, हामीले तत्काल समस्याको सटआउट गरिसकेका छौं । त्यसैले दर्शकले राम्रो रेटिङ दिइरहनुभएको छ । फिल्म मेकर साथीहरूले पनि राम्रो काम सुरु गर्नुभयो । राम्रोसँग चलिरहेको छ । यसलाई अझै राम्रोसँग एड्भान्स बनाउँदै लैजानुपर्छ भनिरहनु भएको छ । यो मेरा लागि उहाँहरूको साथ पनि हो । सब्सक्रिप्सन मोडलमा नेपालमा पहिलोपटक एप आयो भनेर खुसी सेयर गरिरहनुभएको छ । 

प्रकाशित मिति: : 2021-01-08 12:49:00

प्रतिकृया दिनुहोस्