टेस्लाका सीईओ एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

बिहीबार ब्लुमबर्गले दिएको जानकारीअनुसार बिहीबार टेस्लाको शेयर भाउ प्रतिशेयर ७.४ प्रतिशत बढ्दै ८११.६१ डलर पुगेको थियो । 

 टेस्लाको शेयरको भाउ बढेसँगै मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब ५० करोड डलर पुगेको छ। 

यो सम्पत्ति बेजोसको भन्दा एक अर्ब ५० करोड डलर बढी हो। 

पछिल्लो एक वर्षमा टेस्लाको शेयर भाउ पनि आठ गुणाभन्दा धेरै बढेको छ।

टेस्लामा मस्कको २० प्रतिशत शेयर छ । फोब्र्सको अर्बपतिको सूचीमा भने मस्क अझै पनि बेजोसभन्दा सात अर्ब ८० करोड डलरले पछि छन्।

प्रकाशित मिति: : 2021-01-08 12:34:00

प्रतिकृया दिनुहोस्