प्रहरीले थाल्यो निर्वाचनको सुरक्षा 'एसिसमेन्ट' : के हो सुरक्षा थ्रेट? कति होलान् म्यादी?

सविन ढकाल

काठमाडाैं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्। निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई धारमध्ये एउटा प्रधानमन्त्री ओलीको नेतृत्वमा छ भने अर्को पुष्पकमल दाहाल र वरिष्ठ माधवकुमार नेपालको नेतृत्वमा।

यस्तो अवस्थामा चुनाव हुने नहुने अन्योल नै छ। भइहाले पनि वैशाखमा हुने सम्भावना क्रमश: टर्दैछ किनकि चुनावी तयारीभन्दा पनि एक अर्का नेताविरुद्ध नेकपाका दुवै समूहले जेहाद नै छेडिसकेका छन्। सर्वोच्चमा मुद्दा विचाराधीन र निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको विषयले छिनोफानो पाउने संकेत नगर्दै नेपाल प्रहरीले भने चुनावको लागि गृहकार्यमा जुटिसकेको छ। विभिन्न समिति बनाएर चुनावी तयारीमा लागिसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।

'सरकारले निर्वाचन घोषणा गरिसकेपछि सुरक्षा प्रबन्ध गर्ने जिम्मेवारी हाम्रो हो। हामीले निर्वाचनको लागि आवश्यक सुरक्षा तयारीको कार्य थालिसकेका छौँ,' प्रवक्ता कुँवरले भने।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एकीकृत सुरक्षा समिति बनाएर काम गर्न थालिकसेको छ। त्यसैले पनि प्रहरीलाई सुरक्षा रणनीति बनाउन दबाब परेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपीको नेतृत्वमा निर्वाचन पूर्व सुरक्षा तयारी समिति गठन गरेको छ। समितिको नेतृत्व एसएसपी टेकबहादुर राईले गरेका छन्।

प्रकाशित मिति: : 2021-01-08 08:43:00

प्रतिकृया दिनुहोस्