शीतयुद्धकालीन नबुझेको राजनीति

बाह्रखरी

काठमाडौँ

गोविन्द अधिकारी

सत्य थाहा पाउन समय लाग्दो रहेछ । देखेकै घटनाको यथार्थसमेत उति बेलै थाहा नहुँदो रहेछ । बुझ्ने त झन् टाढाको कुरा । राष्ट्रिय मेलमिलाप दिवसको चर्चा यो वर्ष अलि राम्रैसँग भयो । बीपीका राजनीतिक समर्थकहरूले मात्र सम्झने गरेको पुस १६ को अध्येताहरूले विभिन्न कोणबाट सत्यान्वेषण र विश्लेषण गरे । घटनाका पात्रहरूमध्ये धेरैको निधन भइसके पनि साक्षीहरू जीवितै भएकाले नयाँ केही लेखिए पुष्टि वा खण्डन हुने मौका अझै छ ।

म यहाँ यसपटक पनि चर्चा नगरिएको तर राष्ट्रिय मेलमिलापकाे नीति लिएर बीपी कोइराला र उनका निकट सहकर्मी नेपाल फर्केलगत्तै नेपालमा भएका दुईवटा घटनाको सम्झना गराउने जमर्को गर्दैछु । यी घटनाले बीपी कोइराला नेपाल फर्कँदा उत्पन्न तरङ्गको विश्लेषण गर्न थप सहयोग पुग्ला कि ?

बीपी कोइराला फर्केपछि नेपालको राजनीतिमा ठूलै हलचल मच्चिएको थियो । पञ्चहरू एकातिर बीपी केही हैनन् भन्ने देखाउन खोज्थे भने अर्कातिर उनको उपस्थितिबाट निकै झस्केका देखिन्थे । कम्युनिस्टहरू त सधैँ नै बीपीको विरोधै गर्थे । बीपी नेपालै फर्केपछि उनीहरू झस्केका थिए । बीपीले धेरै भन्ने गरेका ‘आइडिट फर्मुला’ले पञ्चायतमा पसेका कम्युनिस्टहरू झन् बढी झस्के झैँ लाग्थ्यो । यद्यपि, शीतयुद्ध नसकिएकाले कम्युनिस्टहरू पनि विभाजित नै थिए । तर, बीपीलाई हेर्ने उनीहरूको दृष्टिकोणमा भने धेरै अन्तर देखिँदैन थियो । 

राष्ट्रिय मेलमिलापको नीति र आफ्नो स्वदेश    फिर्तीको औचित्य साबित गर्न बीपीले नेपालको राष्ट्रियता खतरामा छ भन्दा राजा एवं उनका समर्थकलाई बढी बिझाएको थियो देखिन्थ्यो । तर, बीपीको स्वदेश फिर्ती र राष्ट्रिय मेलमिलापको नीतिको विरोध भने पञ्चायतमा प्रवेश नगरेका तथा प्रजातन्त्रवादीकै रूपमा चिनिएका राजनीतिज्ञहरूले पनि गरेका थिए । अचम्म, उनीहरूको विरोधको चर्चा भने राष्ट्रिय मेलमिलापको गहन अध्ययन गरेर लेखिएका लेखहरूमा पनि भेटिएन । 

प्रकाशित मिति: : 2021-01-07 12:47:00

प्रतिकृया दिनुहोस्