बेलायती प्रधानमन्त्रीद्धारा भारतको गणतन्त्र दिवसमा अतिथि बन्न अस्वीकार

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतको गणतन्त्र दिवसको निम्तो अस्वीकार गरेका छन्। 

न्युज एजेन्सी रोयटर्सका अनुसार बेलायती प्रधानमन्त्री जोन्सनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गर्दै गणतन्त्रको विशेष समारोहमा आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्। 

उनले कोरोनाको कारण आफूले यस्तो निर्णय लिनु परेकोमा दुःख प्रकट गरे। बेलायतमा बढ्दो कोरोना संक्रमणका कारण पुनः लकडाउन लगाउनु परेको छ। उनले टेलिफोनमा जसरी देशमा कोरोनाको नयाँ संक्रमण बढिरहेको छ, त्यो हेर्दा आफूले देशमा बस्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। 

केही दिन अघिसम्म बेलायतमा हुने जी–७ को बैठकपछि उनले भारतको भ्रमण गर्ने सम्भावना थियो। जी–७ को बैठकमा भारतीय प्रधानमन्त्रीलाई बेलायतमा विशेष निमन्त्रणा दिइएको छ। 

बेलायतमा अहिले कोरोनाका कारण अवस्था नाजुक बनेको छ। कोरोनाको नयाँ संक्रमण भेटिएपछि युरोपलगायत विश्वका अन्य देशले बेलायतबाट आउने हवाईजहाजको आवागमनमा रोक लगाएका छन्। भारतले पनि ३१ डिसेम्बरसम्म उडानमा रोक लगाएको छ। 

जोन्सनको कार्यकालमा हालै बेलायतले युरोपेली युनियन (इयू) बाट बाहिरिने सम्झौंतामा हस्ताक्षर गरेको यियो। यो जोन्सनको कार्यकालको सबैभन्दा ठूलो उपलब्धी मानिएको छ।
 

प्रकाशित मिति: : 2021-01-06 08:17:00

प्रतिकृया दिनुहोस्