‘अदालतमै आँसु बगायौं, भेरीनदी देख्नै नपरोस् जस्तो लाग्छ’

Breaknlinks
Breaknlinks

 हाम्रा छोराका हत्याराले कहिले सजाय पाउँछन् ? अदालतले त एकपछि अर्को गर्दै अभियुक्त छोड्दै छ त !

रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय बिहेका क्रममा हत्या गरिएका ६ जनाका आमा–बाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका बेला एकै स्वरमा सोधेको यो प्रश्नको जवाफ कसले दिने ? शायद यसको जवाफ अदालतले देला ।

सामूहिक हत्या गरेर भेरीमा बगाइएकोहरुको न्याय भेरी नदीजस्तै तन्किन्छ कि उर्लिरहेको पीडितको मनले छिट्टै शान्ति पाउँछ ? यसको अन्तिम फैसला अब अदालतसँग मात्र छ ।

आफ्ना सन्तान गुमाएपछि घाइते भएको परिवारजनको मनमा अहिलेसम्म हुण्डरी चल्दैछ । त्यही हुण्डरीले हुत्याएर उनीहरुलाई जाजरकोटबाट काठमाडौंसम्म ल्याइपुर्‍याएको छ ।

गत शुक्रबार बिहानै माइतीघरमा उनीहरु आँसुसहित उभिए । बालुवाटार पुगेर कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आफ्ना गुनासा सुनाए ।

उनीहरुले आफ्नो सन्तानको न्यायका निम्ति कहाँ–कहाँ पुगेर आँसु बगाएनन् ? जिल्ला प्रशासन जाजरकोट । जिल्ला अदालत रुकुम पश्चिम, उच्च अदालत सुर्खेत । र, फेरि अहिले माइतीघर । अनि बालुवाटार । सर्वोच्च अदालतले सुन्छ कि भनेर उनीहरुले सडकमै डाको छोडे । उनीहरुको क्रन्दनको तरंग खै कति टाढासम्म पुग्यो, माइतीघरमा त उनीहरुसँग थप आठ/दशजना मात्रै उपस्थित थिए । निमुखाहरुको न्यायको आन्दोलनमा सीमित संख्या मात्र देखियो ।

प्रकाशित मिति: : 2021-01-05 20:34:00

प्रतिकृया दिनुहोस्