बेलायतमा पुनः लकडाउन घाेषणा, स्वीकृति लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने

GETTY IMAGES
GETTY IMAGES

बेलायतमा पुनः लकडाउन लागु भएको छ।

बेलायतमा परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नयाँ लकडाउन लागु भएको हो।

नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।  

योसँगै बेलायतका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ।

स्वीकृति प्राप्त वा लिएकाहरु मात्रै घर बाहिर निस्कन पाउने छन्। 

मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द हुनेछन् र पढाई अनलाईन मार्फत मात्रै हुनेछ।

आउँदो महिनाको मध्यसम्ममा प्राथमिकताको पहिलो चार समूहमा रहेकाहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज दिइने प्रधानमन्त्री जोन्सनले उल्लेख गरेका छन्।

यसअघि स्कटल्याण्डमा घरमै बस्नु पर्ने निर्देशन जारी भएको थियो।

यस्तै वेल्सले जनवरी १८ सम्म विद्यालय तथा कलेज बन्द हुने जनाएको छ।

नर्दन आयरल्याण्डमा अनलाईन कक्षालाई थप केही समय बढाउने भएको छ।

प्रकाशित मिति: : 2021-01-05 07:26:00

प्रतिकृया दिनुहोस्