प्रचण्ड–माधव नेपाल पक्षले भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गरे: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले महिलाको हुर्मत लिएर आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन्। 

काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने,‘मलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेका छन्।’

प्रधानमन्त्री ओलीले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको बताएका छन्। 

‘प्रवक्ता भनेर तोकिदिएको थियो। तर उनले साह्रै बढी दुर्गन्ध फैलाउने काम गर्नुभयो। त्यसकारण हटाइएँ। तर सचिवालय सदस्य कायमै राखिएको छ,’ उनले भने।

उनले पुष्षकमल दाहाललाई अझै माफि दिन आफू तयार रहेको समेत बताए। 

‘पार्टीको मिटिङमा आउनुस्। अपराधहरु क्षमा गरिदिउँला। कार्यकारी मैले दिएको थिएँ। तर उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु। अध्यक्षको पद अहिले पनि कायमै राखेको छ,’ उनले भने।

ओलीले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरे। ‘हाम्रो सूर्य चिह्न पाइँदैन भनेर साथीहरुमा चिन्ता छ। हामीले नपाए कसले पाउँछ त,’ उनले भने।

उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबीसमेत गरे।

‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र?,’ उनले भने,‘संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको छन्।’

प्रकाशित मिति: : 2021-01-03 16:56:00

प्रतिकृया दिनुहोस्