अल्छी योगेश्वर

लोकान्तर

काठमाडौँ

रामजी ज्ञवाली

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ?

अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’

योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । ‘केही समयका लागि संगीतबाट आराम लिइरहेको छु । मेरा लागि संगीत ख्याती र आम्दानीको स्रोतभन्दा पनि साथीभाइसँग बिताइने रमाइलो पल हो,’ उनी भन्छन्, ‘संगीतबाट इरिटेड भएको भने होइन है !’

अमात्यसँग १ दर्जन गीतको ‘अफर’ छ । आफैं रचना गरेका गीतहरू पनि धेरै छन् । तर नेपाली संगीत उद्योग व्यावसायिक हुन नसक्दा र क्रियाशील कलाकारहरू अनुशासित हुन नसक्दा आफ्नो ‘मूड अफ’ भएको उनले बताए । तर साथीभाइसँगको भेटमा, घरमा रक्सी पिइरहेका बेला, घुमघामको क्रममा गीतहरू भने निरन्तर गाउने गरेको उनले बताए ।

प्रकाशित मिति: : 2021-01-02 20:10:00

प्रतिकृया दिनुहोस्