ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले गर्‍याे खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरेको छ। शुक्रबार सदनले ट्रम्पको भिटो अवहेलना गर्ने सक्बन्धी पक्षमा मत दिएको हो। 

ट्रम्पले दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका गरेका थिए। तर डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो।

ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो।

पब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको दुर्लभ सत्रले दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई अस्वीकार गरेको हो।

दुवै पार्टी (रिपब्लिकन र डेमोक्र्याटिक) का तर्फबाट ल्याइएको ७४० बिलियन डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो।

सदनबाट पारित भएका विधेयकलाई कानूनी रुपमा प्रदान गर्नका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नु पर्ने हुन्छ। तर दुर्लभ अवस्थाहरुमा राष्ट्रपतिले भिटो प्रयोग गर्न वा अस्वीकार गर्न सक्छन्।

यसैले ट्रम्पले भिटो शक्ति प्रयोग गरेर सो विधेयकलाई कानून बन्नबाट रोकेका थिए। 

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो।

सुरक्षा रणनीति सम्बन्धी विधेयक रोक्न ट्रम्पले भिटो प्रयोग गरेसँगै अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘सटडाउन’ मा जाने सम्भावना देखिएको थियो।

o;\t} रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा थियाे। सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो।

राष्ट्रपतिले भिटो प्रयोग गरि रोकेको विधेयकलाई सदनले कानूनमा प्रमाणिकरण गर्न सक्छ। राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ।

प्रकाशित मिति: : 2021-01-02 07:42:00

प्रतिकृया दिनुहोस्