प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा (ओली)का प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरिएकाे छ। 

नेकपा (प्रचण्ड)का ३२ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। यसमध्ये २० जना आफूहरुको पक्षमा रहको नेकपा (प्रचण्ड)का सांसद शत्रुघन महतोले जानकारी दिए।

‘कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको छ,’ सांसद महतोले भने, ‘आइतबार बैठकबाट उनलाई हटाइनेछ।’

अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ आवश्यक पर्छ।

प्रकाशित मिति: : 2021-01-01 12:04:00

प्रतिकृया दिनुहोस्