भिसा त्यागेर खोलेको होमस्टेले फलिफाप

राजेश घिमिरे

७ वर्ष भारत अनि १३ वर्ष बहराइनमा रोजगारी गरेका मनबहादुर मगर छुट्टीमा घर माडी आएका थिए। छिमेकी तुलबहादुर पुनमगरले उनलाई अमलटारी घुम्न जान आग्रह गरे।

२०७१ सालमा छिमेकीको कुरा काट्न नसकेर घुम्न गएका मनबहादुरको मन त्यसपछि बहराइन कहिल्यै फर्किएको छैन।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष रहेका तुलबहादुरले उनलाई अमलटारीमा बनेका होमस्टेहरू देखाइदिए।

अमलटारीको होमस्टे देखेपछि र त्यहाँका कुरा सुनेपछि मनबहादुरको मन बदलिएको थियो। भ्रमणबाट फर्कंदा बहराइन नगई होमस्टे खोल्ने निधो गरिसकेका थिए।

करिब ६ वर्ष पछि सम्झँदा मनबहादुरलाई लाग्छ यो भ्रमण उनको जीवनको सबैभन्दा महत्वपूर्ण थियो।

अमलटारीको होमस्टेलाई मनमा राखेर घर फर्किएका मनबहादुरले  मगर दाजुभाईलाई जुटाएर होमस्टेको योजना बुन्न थाले। अन्ततः मगरहरू मिलेर खोलेको शिवद्वार होमस्टेले भने अहिले देशभरमै चर्चा बटुल्न थालेको छ।

‘बसमा फर्कंदा सँगै गएका अन्य चार जनासमेतले अब होमस्टे चलाउनै पर्छ भनेर निधो गरेका थियौं। गाउँमा भ्रमणको कुरा सुनाएर मिटिङ राख्यौं। मिटिङमा आएका अरू थप पाँच जनाले पनि होमस्टे चलाउने भने । १० घर तयार भयौं,’ मनबहादुरले भने।

प्रकाशित मिति: : 2020-12-31 16:19:00

प्रतिकृया दिनुहोस्