प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)ले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे नेकपा (प्रचण्ड)का भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो। 

प्रदेश १ मा नेकपाका ६७ सांसद छन्। उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए।

यसअघि मुख्यमन्त्री हुने क्रममा राईले तत्कालीन नेकपा एमाले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई २ मतले पछि पार्दै प्रदेश १ को संसदीय दलको नेता बनेका थिए।

प्रदेश १ का एमाले ५१ संसदमध्ये राईले २६ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी आचार्यले २४ मत प्राप्त गरेका थिए। 

प्रकाशित मिति: : 2020-12-31 14:18:00

प्रतिकृया दिनुहोस्