न्याय कानून तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले संसद पुनर्स्थापित हुनै नसक्ने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ ले वीरगञ्जमा आयोजना गरेको पार्टीको भेलालाई संवोधन गर्दै उनले संसद विघटन संविधान बमोजिम भएको जिकिर गरे।
‘संविधानको धारा ८५ को उपधारा एकले संसद विघटन भयो भने संसद संविधान ५ वर्षसम्म रहने व्यवस्था गरिएको हुँदा संविधानमा नै संसद विघटनको व्यवस्था रहेको छ,’ उनले भने,‘संविधानमा विघटन गर्ने शब्द नै छैन भन्ने शब्द कहाँबाट आयो?’
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेकपाका ६४ प्रतिशत संसदीय दलका नेता रहेको हुँदा संसद पुनर्गठन गर्न नसक्ने उनले बताए।
‘संविधानको धारा ७६ को उपधारा एकले विपक्षमा मात्र ३६ प्रतिशत रहेकाले संसदलाई पुनर्गठन गर्न नसक्ने अस्पष्ट रहेको हुँदा सरकारको विपक्षमा रहेकाले संसद पुनर्गठन गर्ननसक्ने छ,’ उनले भने।