आर्मीलाई एएफसी क्लब लाइसेन्स हस्तान्तरण

बिएल संवाददाता

काठमाडाै‌ं

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रदान गरेको क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ।

सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा अखिल नेपाल फुुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन्। 

एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो। अब आर्मीले एएफसीअन्तर्गत सञ्चालन हुने क्लब स्तरिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ।

नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो । 

त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो।

प्रकाशित मिति: : 2020-12-30 15:11:00

प्रतिकृया दिनुहोस्