आयल निगम : पाँच वर्षदेखि नाफामा, बोनस बाँड्ने तयारी

अनलाइनखबर

काठमाडौँ

नवीन ढुंगाना

आर्थिक वर्षको पछिल्लो चार महिना इन्धनको बिक्री झण्डै शून्यको अवस्थामा झर्दा पनि नेपाल आयल निगमले झण्डै १३ अर्ब रुपैयाँ खुद नाफा गर्यो । आइतबार सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७६/०७७ मा निगमको नाफा १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

जबकी कोरोना भाइरसका कारण गत चैत दोस्रो सातादेखि सुरु भएको देशव्यापी लकडाउनका कारण असार मसान्तसम्म इन्धन बिक्रीमा ठूलो ह्रास आएको थियो । उक्त आव निगमले २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर पेट्रोलियम पदार्थ कारोबार गर्यो, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत हो ।

पाँच वर्षदेखि निरन्तर नाफामा

नपाली बजारमा इन्धन बिक्रीको एकाधिकार पाएको निगमको नाफामा देशमा संकट आइपर्दा फराकिलो वृद्धि भएको देखिन्छ । कोरोनाले जनजीवन र अर्थतन्त्र हायलकायल हुँदा गत वर्ष निगमले १२ अर्ब ८७ अर्ब नाफा आर्जन गर्यो । भारतीय नाकाबन्दीका बेला पनि निगमले उल्लेख्य नाफा कमाएको थियो । सो आर्थिक वर्ष (०७२/७३) मा निगमको नाफा १९ अर्ब ३६ करोड थियो ।

अब कर्मचारीलाई बोनस

नेपाल आयल निगमले यस वर्ष कर्मचारीलाई बोनस खुवाउने तयारी गरेको छ । निकै लामो समयदेखि बोनस खान नपाएको, कोरोना र लकडाउनको अवस्थामा पनि दिनरात खटेका कर्मचारीलाई बोनस नदिए ‘पाप लाग्ने’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।

प्रकाशित मिति: : 2020-12-30 14:53:00

प्रतिकृया दिनुहोस्