धनुषाको धनुषाधाम नगरपालका ९ मालटोलमा गएराति तीनवटा गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
राति सवा १ बजे ना ४ च ९३१७ नम्बरको बोलेरो जिप, भारतीय नम्बरको ट्रक र को १ ख २३३८ नम्बरकाे डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मृत्यु हुनेमा ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका ४ का ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारतीय नागरिक २० वर्षीय रंगिला कुमार रहेका छन्।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याङ्करका परिचालकलाई लालगढस्थित मोडेल अस्पतालमा र ट्रकका परिचालकलाई विराटनगमा उपचारको लागि पठाइएको छ।