सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ मा १७ वर्षीया किशोरीको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ।
नेमियाकुमारी पण्डितको कुटानीपिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
आफैँ मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन्। उनको घटनास्थदमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले बताए।
मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए। घटनालाई नजिकबाट देखिरहेको एक ट्रयाक्टर चालकले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।