युवा बचन संस्थाले कठ्यांग्रीदो चिसोमा रात बिताइरहेका असहाय तथा बिपन्नलाई सहयोग गरेको छ।
शनिबार राती कम्बल, म्याट, च्याउच्याउ र बिस्कुट वितरण गरेको हो।
रातिको समयमा समूहमा बिभाजित भएर एकै साथ काठमाडौंको कालिमाटी र वीरगञ्जको घण्टाघर चोकलगायत वीरगञ्जको अन्य क्षेत्रमा सडक जीवन बिताइ रहेकालाई सामग्री वितरण गरिएको हो।
उक्त टोलिका संयोजक किशन सर्राफका अनुसार पहिलो दिन शनिबार राती ९ः३० बजे देखि घण्टाघरबाट सुरु गरि मिर्ली , पावरहाउस चोक , चिनिमिल क्षेत्र, गण्डक चोक, प्रतिमा चोक, बसपार्क लगायतका क्षेत्रमा पुगेर सडके जीवन बिताई रहेकाहरुलाई कम्बल बितरण गरिएको हो।
बिगत केही वर्षदेखि युवा वचन संस्थाले यस्तो कार्य गर्दै आएको छ। आज आइतबार पनि यो कार्य जारी रहेको संयोजक सर्राफले बताए।
आज फेरी त्यही समयमा घन्टाघरबाट हुँदै माईस्थान, आदर्शनगर,बिर्ता , छपकैया, भन्सार, बाईपास रोडसम्म पुग्ने कार्यक्रम रहेको छ।
किशन सर्राफको संयोजकत्व रहेको टोलीले राती निस्कनछ र असहाय तथा बिपन्न रहेका ब्यक्तिलाई उक्त सामग्री हस्तान्तरण गर्दै जान्छ।
उक्त टोलिमा सामाजिक अभियन्ता प्रकाश थारु, बिपद् व्यवस्थापन प्रदेश दुईका प्रहरी निरीक्षक सरोज प्रजापति ,सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचीव दिलिप प्रधान, भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तव, लगायत रहेका छन्।