अध्यागमनका कर्मचारीसँगको सेटिङमा धन्दा : भिजिट भिसा लगाएर प्लेनमा बसेका ५३८ जनालाई फर्काइयो

लोकान्तर

काठमाडौँ

गगन अर्याल

वैदेशिक रोजगार विभागको समन्वयमा भिजिट भिसामा विदेश जान प्लेनमा बसेका ५३८ जनालाई अध्यागमन विभागले फिर्ता ल्याएको छ ।

वैदेशिक रोजगार विभागमा आएको सूचनाका आधारमा अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जाने र उतै काम गर्ने ५३८ जनालाई फिर्ता गरिएको हो ।

‘गलत बाटो प्रयोग गरेर अर्थात् पर्यटक भिसामा म्यानपावरले विदेश पठाएको भन्ने सूचनाका आधारमा विभागले अध्यागमनको समन्वयमा जहाजमा चढिसकेका १५० जनालाई एकैदिन समेत गरी  ५ सयभन्दा धेरैलाई प्लेनमा बसेको अवस्थामा मंसिर महिनामा फिर्ता ल्याएको छ,’ वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि नेउपानेले लोकान्तरसँग भने, ‘अध्यागमनका कर्मचारी पनि सेटिङ लागेको भन्ने सूचनाका आधारमा अध्यागमनसँग समन्वय गरेर ती मानिसहरूलाई फिर्ता गराएका थियौं ।’

अध्यागमनका केही कर्मचारीको मिलेमतो भएको सूचना आएकाले उनीहरूलाई कारवाही गर्नका लागि गृहमन्त्रालयले छानबिन समिति गठन गरेको अध्यागमन विभागका प्रवक्ता टेकनारायण पौडेलले स्वीकारे ।

प्रकाशित मिति: : 2020-12-27 12:13:00

प्रतिकृया दिनुहोस्