ओलीमा पदको उन्माद देखियाे: भिम रावल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी नयाँ मन्त्री थपेर पदको उन्माद देखिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका छन्।

‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ रावलले भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।’

प्रकाशित मिति: : 2020-12-27 08:11:00

प्रतिकृया दिनुहोस्