मुम्बई बम बिस्फोटका मास्टरमाइण्ड हाफिज सईदलाई थप १५ वर्ष जेल सजाय

सन् २००८ को मुम्बई बम बिस्फोटका मास्टरमाइण्ड तथा अमेरिकाले १ करोड डलरको पुरस्कार राशी तोकेको जमात–उद–दावाका प्रमुख हाफिज सईदलाई पाकिस्तानको एक अदालतले १५ वर्षको जेल सजाय तोकेको छ। 

आतंकवादलाई प्रसय दिन आर्थिक सहायता जुटाएको आरोपमा बिहीबार उनीविरूद्ध यो निर्णय आएको हो। उनीविरूद्ध २ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। 

७० वर्षीय सईदलाई यसअघि पनि चारवटा मुद्धामा २१ वर्षको जेल सजाय भएको थियो। अब उनले ३६ वर्ष जेलमा बिताउनु पर्नेछ।। हाल उनी लाहोरको लखपत जेलमा बन्द छन्। 

गत वर्ष १७ जुलाईमा उनी पक्राउ परेका थिए। त्यसयता उनी जेलमा छन्। गत फेब्रुअरीमा आतंकवादी गतिविधिमा लगानी गरेको मुद्धामा उनलाई दोषी प्रमाणित गरेपछि अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो। सईदमाथि विभिन्न एनजीओमार्फत धन संकलन गर्ने गरेको आरोप लागेको थियो।

प्रकाशित मिति: : 2020-12-24 21:32:00

प्रतिकृया दिनुहोस्