‘जनयुद्धले चिनाएको होलेरीलाई नम्बर–१ बनाउने अभियानमा छौं’ (भिडियाेसहित)

बालाराम बुढा

काठमाडाै‌ं

रुन्टी महाप्रभु जन्मेको गाउँ होे, रुन्टीगढी। २०७२ सालमा राज्य पुनर्सरचना हुँदा रोल्पाको दक्षिणी भेगमा पर्ने दाङ र प्युठानसँग जोडिएको क्षेत्र जोडेर रुन्टीगढी गाउँपालिका निर्माण गरिएको थियो।  

महाप्रभुले होलेरी देखिमाथि गढी भन्ने गाउँमा तपस्या गर्नुभएको थियो। राज्य पुनर्सरचना गर्दा धार्मिक पर्यटन तथा यहाँको संस्कृतिलाई ध्यानमा राखेर हामीले यो गाउँपालिकाको नाम रुन्टीगढी राखेका हाैं।

यहाँ धेरै खालका सम्भावना छन्, कृषि, पर्यटन तथा यहाँको संस्कृति। अझभन्दा १० वर्ष लामो माओवादी द्धन्द्धको उद्गम स्थल पनि हो रोल्पा। त्यसमाथी पनि रोल्पाको होलेरी भन्नासाथ विश्वकै ध्यान केन्द्रित हुन्छ। माओवादी द्धन्द्धमा सबैभन्दा पहिला होलेरीमै तत्कालीन राज्य पक्षसँग पहिलो भिडन्त भएको थियो। 

त्यो हिसाबले पनि यो गाउँपालिकाको बिशेष महत्व छ। ७४ मा हामीले गाउँपालिकाको पहिलो बैठकमार्फत एक नारा पास गर्यौ, त्यो थियो– यहाँको कृषि, पर्यटन र पूर्वाधार विकास, जसका कारण जनताको खुसी जित्न सकिन्छ भन्ने कुरा। 

हामीले त्यो बैठकलाई आधार बनाएर अहिले काम गर्दै आएका छौं। यस्तै, काम गर्दा स्थानीयको मर्मलाई बुझ्ने, योजना बनाउने र त्यही योजना अनुसारअघि बढ्ने काम गरेका छौं। 

हिजो कुन पार्टीबाट चुनाव लड्यो, कसले जिताए भन्नेभन्दा पनि हामी सबैको साझा हो, साझा भएपछि सबैलाई एकै नजरले हेर्नुपर्छ र यहाँको विकासमा सबैलाई एकताका साथअघि बढाउनु पर्छ भन्ने हाम्रो मान्यता छ। त्यही मान्यतालाई आत्मसाथ गर्दैअघि बढेका छौं। 
राज्य यो ठाउँमा आइपुग्दासम्म रुन्टीगढीका नागरिकले अहम भूमिका खेलेका छन्। 

महाप्रभु जन्मेको ठाउँ रुन्टीलाई हामीले धार्मिक पर्यटनका रुपमा स्थापना गर्न खोजेको र्छौं। स्वर्गद्धारीसम्म बाटो पुर्याउने काम गरेका छौं, जुन एकदमै कठिन थियो। त्यसैगरी महाप्रभु बसेको बासस्थानलाई हामीले व्यवस्थित मन्दिर बनाएका छौं, अनि उहाँले तपस्या गरेको ठाउँमा भ्यु टावर बनाउने काम थालेका छौं। 

यी भए यहाँका धार्मिक पर्यटनका मुख्य कामहरू, हामीले त्यसैगरी अन्य काम पनि थालेका छौं, जुन कामबाट भोलिका पुस्ताले गर्व गर्नेछन्। 

त्यसैगरी हामीले खानेपानी, स्वास्थ्य, शिक्षा र सुशासनका कार्यक्रममा ध्यान दिएका छौं। सुरुवात आफैबाट गर्ने हो, मैले पहिलो दिनमा कार्यकक्षमा पस्दानै विकास निमार्णमा हुने ढिलासुस्ती र सुशासन कायम गर्न कटिवद्ध रहनेछु भन्ने प्रतिज्ञा गरेको थिए। जुन प्रतिज्ञालाई मेरा अन्य पदाधिकारीले पनि स्विकारिसक्नु भयो। त्यसैको फलस्वरुप हामी पारदर्शीको हिसाबमा देशकै चौथो स्थानमा छौं। केही समयअघि देशभरिका स्थानीय निकाएको कार्य मुल्याकनमा हामी चौथो नम्बरमा परेका छौं। 

हामीले सबै वडा कार्यालयसम्म सडकको पहुँच पुर्याएका छौं। यसैगरि स्वास्थ्यका हिसाबमा पनि सबै वडामा स्वास्थ्यको पहँुच पुर्याएका छौं भने शिक्षाका कुरामा पनि हामीले त्यतिनै सुधार ल्याएका छौं। 

हामीले जनताको भावनाअनुसारनै काम गरेका छौं। होलेरीमा केही खानेपानीको समस्या छ तर बाहिर मिडियामा आएजस्तो पनि छैन। खानेपानीको समस्यालाई समाधान गर्न हामीले ६९ सालमा होलेरी खानेपानी लिटिङ आयोजना भनेर करिब ४ करोडको कार्यक्रम बन्यो, उपभोक्ता समिति बन्यो। अहिले त्यो चलिरहेको छ तर सरकारले दिनुपर्ने रकम समयमा नआएका कारण केही समस्या भएको हो। 

हामीले त्यसलाई कसरी हलगर्ने भन्नेतर्फ पनि कदम चालेका छौं, केन्द्रदेखि स्थानीय सरकारसँग पहल गरेका छौं। त्यसैगरि दाङदेखि रोल्पा जोड्ने शहिद मार्गको दयनीय अवस्था छ। २९ किलोमिटर सडक बन्यो। कालोपत्रे पनि भयो। १० टन क्षमता भएको सडकमा दैनिक ३० टन बोक्ने टिपर कुद्न थालेपछि सडकको अवस्था दयनीय भयो। हामीले त्यो समस्या हल गर्न जिम्मेवार निकायसँग सहकार्य गरेका छौं। अब टिपर हिँड्ने वैकल्पिक सडक बनाउने कुरा भएको छ। त्यो भएमा यो समस्या पनि हल हुनेछ। 

हो, स्थानीयस्तरमा केही कानुनी समस्या छन्। कतिपय प्रदेश सरकारसँगका कानुनहरू बनेका छैनन्। जसका कारण केही काम गर्न गाह्रो भएको छ। हामी त्यसलाई हल गर्न पहल गर्दछौ। स्थानीय सरकार सदैव जनताको साथमा छ।

राम्रा काम गर्दै जाँदा पनि केही टिकाटिप्पणी आउने गर्ने रहेछन् तर हामीले त्यस्ता टिकाटिप्पणीलाई सहज रुप र सुझावका रुपमा लिने गरेका छौं। हामीले केही गरेका छौ र त गुनासा आउने गरेका छन्। हामीले केही गरेका थिएनौ भने के नै आउँथे र? हामी त्यस्ता टिप्पणीलाई सहज रुपमा लिन्र्छौ र कसैलाई भेदभाव नगरी सबैलाई समान ढंगबाट हेछौं। सुधार गर्नुपर्ने काम तत्काल गछौं। ७ सय ५३ स्थानीय तहमा ४ सय ६० गाउँपालिका छन्। त्यसमा ४ नम्बरमा छौं। हामीले समयमा आयोजना सुरु गर्ने र समयमै सम्पन्न गर्ने गरेका छौं, त्यसैले एकदमै पारदर्शी छौं। 
 

प्रकाशित मिति: : 2020-12-24 20:37:00

प्रतिकृया दिनुहोस्