न्युरोडको आकाशमा छातै छाता ! चियागफमा बनेको योजना भाइरल

अनलाइनखबर

काठमाडाैं

८ पुस, काठमाडौं । घोडेजात्राको दिन मनाइने पाँचरे जात्रामा न्युरोडवासी रथ तान्दै, सडक ढाकिने गरी नाच्छन् । यसरी खुसी मनाउन वर्षभरि यस्तो संयोग अरू दिन जुर्दैन ।

यो वर्ष त कोरोना भाइरसको महामारीका कारण पाँचरे जात्रामा पनि खुलेर नाच्न पाएनन् । त्यसमाथि लामो लकडाउनका कारण व्यापार व्यवसाय समेत ठप्प भएपछि मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरुलाई विक्षिप्त बनाउन पुग्यो । 

खस्किएको व्यापारलाई उकास्न मानिसहरुलाई न्यूरोडतर्फ ध्यान तान्नुपर्ने थियो । त्यसका लागि बनेको योजनाले न्युरोडको एउटा गल्लीलाई आकर्षक बनाएको छ ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएका छन् । करिब १५० मिटरको दुरीमा रंगीचंगी छाताले ढाक्नेगरी सडकको छेउछाउमा करिब ३० वटा गमलामा फूलहरु फूलाइएका छन् । 

यसले मानिसहरुलाई निकै लोभ्याएको छ । टिकटक बनाउन र फोटो सेसन गर्न पुग्नेहरु धेरै छन् ।

प्रकाशित मिति: : 2020-12-24 08:47:00

प्रतिकृया दिनुहोस्