बेलायतबाट स्वदेश फर्किएका सबैलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

बेलायता हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालये पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न आग्रह गरेको हाे।

साथै नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गरी आरटी पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी गरिने टेष्टको कुनै शुल्क लाग्दैन ।

प्रकाशित मिति: : 2020-12-23 17:13:00

प्रतिकृया दिनुहोस्