स्याङ्जाका कोरोना संक्रमितको बुटवलमा मृत्यु

स्याङ्जाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ। 

कालिगण्डकी गाउँपालिका ४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।

संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा गौतमले बताए।

प्रकाशित मिति: : 2020-12-23 12:04:00

प्रतिकृया दिनुहोस्