कोरोना महामारीमा निर्वाचन : धान्छ अर्थतन्त्रले ? अर्थविद् भन्छन्– ‘पूरक बजेट नै ल्याउनुपर्छ’

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै यसको तयारीका लागि सम्बन्धित मन्त्रालयहरू तथा निर्वाचन आयोग छलफलमा जुटेका छन् ।

कोरोना महामारीका बीचमा निर्वाचनमा होमिन केही कठीन देखिएपनि मिति घोषणा भइसकेपछि तत्काल तयारीमा लाग्नुपर्ने दबाबमा सम्बन्धित निकायहरू छन् ।

राष्ट्रपति कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ । 

‘हामीलाई निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट पत्र आएसँगै यसबारे छलफल शुरू भएको छ,’ निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरसँग भने । 

निर्वाचनको मिति सार्वजनिक भएसँगै यसका लागि खर्च कहाँबाट जुटाउने भन्नेतर्फ बहस शुरू भएको छ । 

कोरोना महामारीका बीचमा संकटमा रहेको अर्थतन्त्रले निर्वाचन खर्च कसरी धान्छ ? यसमा सबैको ध्यान खिचिएको देखिन्छ ।

यता आर्थिक वर्ष २०७७/७८ को बजेटमा निर्वाचनको कल्पनासमेत गरिएको छैन । अर्कोतर्फ कोभिड– १९ विरुद्धको खोप किन्न पनि सरकारले यस वर्ष कार्यतालिका बनाएको छैन ।

बजेटमा उल्लेख नभएपनि सम्भव भएसम्म यसै आर्थिक वर्षमै कोरोना खोप नेपाल ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिमा सरकार छ । 

कोरोनाले संकटमा रहेको अर्थतन्त्र सुधार, कोरोना खोप व्यवस्थापन तथा निर्वाचन सम्पन्न गर्नुपर्ने दोहोरोतेहोरो दबाबमा सरकार छ । 

प्रकाशित मिति: : 2020-12-22 16:08:00

प्रतिकृया दिनुहोस्