डिपार्टमेन्टल स्टोर सञ्चालनमा

सांकेतिक तस्बिर

वाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ।

 शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो। 

स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तुबिक्री गरिने लिमिटेडका क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिए। 

हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको स्टोरको शुभारम्भका अवसरमा यही पुस महिनाभर हरेक सामानका खरीदमा तीन प्रतिशत छुट दिइएको जनाइएको छ। यस किसिमका स्टोर यस अघि डडेल्धुरा, पोखरा,  भरतपुर, टाँडी, सुर्खेत, अत्तरिया, बाग्लुङ र गाईघाटमा सञ्चालनमा रहेको छ।
  
 विद्यालय भवन उद्घाटन 

हेटौँडा उपमहानगरपालिकाको विकट क्षेत्र मानिने वडा नं १६ शक्तिखोलास्थित विपी प्राथमिक विद्यालयको  दुई कोठाको भवन निर्माण सम्पन्न भएको छ भने सोही विद्यालयमा थप चारकोठे भवन निर्माण काम शुरु भएको छ। 

नवनिर्मित भवनको उद्घाटन तथा  अब बन्ने चारकोठे भवनको आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरे। 

उपमहानगरपालिकाको रु सात लाख लागतमा दुइकोठे भवन तयार भएको हो। त्यसैगरी  रु ४९ लाख लागतमा अपाङ्गमैत्री शौचालयसहितको चार भवन  निर्माण गर्न लागेको हो।

सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउन सुझावसमेत दिए। रासस 

प्रकाशित मिति: : 2020-12-22 14:10:00

प्रतिकृया दिनुहोस्