कोरानाबारे भयानक हेलचेक्र्याइँ : टेर्न–डराउन छाडे मानिस, ‘सुपर स्प्रेडर’ बढ्ने खतरा !

रातोपाटी

काठमाडाैं

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसले निम्त्याउने जोखिम अझै हटेको छैन । तर मुलुकका सार्वजनिक स्थानहरुको हविगत तथा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियमहरुको पालनामा भयानक हेलचेक्र्याइँ देखिएको छ । सार्वजनिक स्थानहरुका हविगत र गतिविधि देख्दा यस्तो लाग्छ, मुलुकबाट कोरोनाभाइरसको संक्रमण पूरै हटिसकेको छ । 

अर्थतन्त्र र सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउने क्रममा यतिखेर अधिकांश सार्वजनिक गतिविधिहरु खुला भइसकेका छन् ।  केही अपवादलाई छाडेर जनजीवन, सार्वजनिक गतिविधि र बजार पुरानै अवस्थामा फर्किएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम अझै हटिसकेको छैन । आसन्न जाडो मौसममा त्यसले के कस्तो रुप लेला भन्ने बारे कुनै सुनिश्चितता छैन । तर जनस्वास्थ्यको नियमको कडाडका साथ पालना गर्नुपर्छ भन्ने चेत र कोरोनाविरुद्धको डर मानिसबाट हराउँदै गइरहेको छ । आन्दोलन र प्रदर्शनको मौसम, लहर शुरु भएको छ तर तिनमा भौतिक दुरीको पालना हुँदैन,  मास्कको प्रयोगमा व्यापक कमी आउन थालेको छ । कोरोनाभाइरसको संक्रमण कुन रुपमा, कहिले कसरी भयानक ढंगले विस्फोट हुन सक्छ भन्ने खतरा अझै टाउकोमाथि मडारिइरँदा त्यसको संक्रमण फैलिने कुरालाई रोक्न अनिवार्यतः पालना गर्नुपर्ने सुरक्षा प्रोटोकल सरकारको कागजी निर्णयमा मात्रै सिमित बन्दै गइरहेको छ ।

प्रकाशित मिति: : 2020-12-22 10:14:00

प्रतिकृया दिनुहोस्