प्रदेश सरकार पनि धरापमा

नागरिक दैनिक

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असरप्रदेशको सत्ता राजनीतिसम्म परेको छ। प्रदेशप्रदेशमा शक्ति समीकरण फेदरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ। यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकारधरापमा पर्ने सम्भावना देखिएको छ। प्रदेश २ बाहेक बाँकी ६ वटा प्रदेशमा नेकपाको सरकार छ।

प्रदेश १ मा गणितीय खेल सुरु

प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरू भएको छ। नेकपा फुटे प्रदेशसभामा कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरूले गर्न थालेका छन्। प्रतिनिधिसभा विघटनले प्रदेशसभामा कुनै असरनपर्ने भए पनि पार्टी फुटेको अवस्थामा भने स्वतः असरपर्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमारराजभण्डारीले बताए। ‘प्रदेशमा लोभी, लालची नेताहरूले पार्टी नफुटेको खण्डमा पनि गणितीय खेल सुरू गर्ने सम्भावना छ,’ उनले भने, ‘पार्टी फुटेको अवस्थामा त गणितीय खेल हुने नै भो।’ गणितीय खेल सुरू भए पनि प्रदेशसभामा पूर्वएमालेको बहुमत रहेकाले तत्कालै सरकारपरिवर्तन हुने सम्भावना भने नभएको उनी बताउँछन्। तर, पूर्वएमालेबाट माधव नेपाल पक्षका सांसद पनि छुट्टिएको अवस्थामा भने कति सांसद कता हुन्छन् यसै भन्न नसकिने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-12-22 09:31:00

प्रतिकृया दिनुहोस्